arrow

दोलखा उद्योग वाणिज्य संघमा फेरि इन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
indra-shrestha-dolakha-fncci.jpg

दोलखा । दोलखा उद्योग वाणिज्य संघको नेतृत्व इन्द्र श्रेष्ठले लिने पक्का भएको छ । अध्यक्षका प्रत्यासी दिनेश बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै श्रेष्ठ अध्यक्ष बन्ने पक्का भएको हो ।  श्रेष्ठ यसअघिका पनि अध्यक्ष हुन् ।

श्रेष्ठ र बस्नेतले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए। दुवै पक्षबीच बिहीबार साँझ भएको सहमतिमा अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने गरी सबै राजनीतिक दलहरूबीच सम्झौता भएको छ ।

मुलुकको अर्थतन्त्र नै धरासायी बनेको अवस्थामा व्यवसायीहरू एकजुट भएर लाग्नुपर्ने बेला निर्वाचनमा जाँदा गुटउपगुट हुने भएकाले सहमतिका लागि आफूले त्याग गरेको अध्यक्षका प्रत्यासी बस्नेतको भनाइ छ।


सम्झौताअनुसार अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा दिनेश पाठक र महासचिवमा सुरेश उप्रेती हुने भएका छन् । 

संघको २३ औं साधारण सभाको उद्घाटन शनिबार हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ