arrow

सांसद शहनाजको निधनप्रति सभामुखबाट शोक व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
shehanaj-devraj-ghimire.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य माननीय शहनाज रहमानको असामयिक निधनप्रति सभामुख देवराज घिमिरेले शोक व्यक्त गरेका छन् । रहमानको निधनको खबर लगत्तै आज भक्तपुरस्थित मध्यपुर थिमि अस्पताल पुगी सभामुख घिमिरेले शोक व्यक्त गरेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् । 

सभामुखले स्व. रहमानका छोरी तथा परिवारका सदस्यहरुसँग भेट गरी घटनाबारे जानकारीसमेत लिएका थिए । 

सभामुख घिमिरेले स्वर्गीय शहनाजको आत्माको शान्तिको कामना गर्दै शोकाकूल परिवारजमा समवेदना प्रकट गरेका छन् । 

जनता समाजवादी पार्टी जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित रहमान ६३ वर्षकी थिइनु । 

झापाको भद्रपुर स्थायी बासिन्दा रहेकी उनका श्रीमान् र पाँच छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ