- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलात्कार आरोपको मुद्दा खेपिरहेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ ।
सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनु पर्ने भन्दै दिएको निवेदनमाथि सर्वोच्च अदालतको सुनुवाइ बन्द इजलासमा भइरहेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको छ । इजलासले शुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।
बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानूनी व्यवस्था छ । बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति छ ।