arrow

पाँच पटकको विजेता पुलिस बुढासुब्बा गोल्डकपबाट बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
budha-subba-gold-cup-2079.jpg

धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वार्टरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो ।काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच लिम्बू नै घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । पुलिस क्लबले दोस्रो, चौथो, पाँचौँ, १०औँ र १९औँ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि जितेको थियो ।

बीसौँ संस्करणमा भने पुलिस क्लब उपविजेता बनेको थियो । काँकडभिट्टाले बुधबार सेमिफाइनलमा भारतको युकेएफसीसित प्रतिस्पर्धा गर्नेछ । यसअघि युकेएफसी धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

मङ्गलबार क्वार्टरफाइनलमा एन्फा मोरङ र बङगलादेशको केबिपिएस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही फागुन २० गते फाइलन खेल हुने उक्त प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् ।



नयाँ