arrow

नेपालले किन बन्न चाहेनन् राष्ट्रपति, खुलाए कारण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदको  प्रस्ताव अस्वीकार गरे । एमालेका अध्यक्ष केपी ओलीले गरेको प्रस्ताव उनले अस्वीकार गरेका हुन् ।

अध्यक्ष नेपालले अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गरेको कारण खुलाएका छन् । अध्यक्ष नेपालले ओलीले राष्ट्रपतिमा आधा-आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताएका छन् । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो ।

“नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ”, उनले भने, “यसमा माओवादी केन्द्र त छँदै छ ।” जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमानदारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठिक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।

 यता प्रधानमन्त्रीमा नेपाललाई दुई वर्षको कार्यकाल दिने सहमति भएसँगै राष्ट्रपतिको उम्मेदवारी बन्नबाट नेपाल पछि हटेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ