arrow

मित्र र अमित्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
buddha-squral-story.JPG

काठमाडौं । वाराणसीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा काशी राष्ट्रको एउटा ब्राह्मण कुलमा जन्मेका बोधिसत्त्व बैँस पुगेपछि ऋषिभेष अनुसार प्रव्रजित भई अभिज्ञा र समापत्तिहरू लाभ गरी गणाचार्य भई हिमालय प्रदेशमा बस्न थाले ।

त्यहाँ ऋषि गणमध्येका एक जना तापसले बोधिसत्त्वको कुरा नसुनी एउटी माउ (ढोई) मरेको एउटा हात्तीको बच्चा छावालाई पाले। त्यो ठूलो भएपछि त्यस तापसलाई मारी जङ्गलमा गयो। अनि उसको शरीर कृत्य गरी बोधिसत्त्वको चारैतिर बसी ऋषिगणले बोधिसत्वसँग सोधे-"भन्ते ! मित्र भाव र अमित्र भावलाईकसरी जान्न सकिन्छ ?

बोधिसत्वले कारण बताई यी दुई गाथा भने
 न नं उम्हयते दिस्वा न च नं पटिनन्दति ।
चक्खूनि चस्स न ददाति पटिलोमञ्च वत्तति ।।१॥

ये ते भवन्ति आकारा अमित्तस्मि पतिट्टिता ।
ये हि अमित्तं जानेय्य दिस्वा सुत्वा च पण्डितो ति ॥२॥

"न देखेर हाँस्छ, न त उसप्रति प्रसन्न हुन्छ, त्यसले दृष्टिसम्म दिँदैन र अझ उल्टो व्यवहार गर्छ। यस्ता प्रकारका व्यवहार अमित्रमा हुन्छ । यस्ता व्यावहारिक कारण देखेर वा सुनेर पण्डितहरू अमित्रलाई चिन्छन् । यसको विपरीत खालका गुण हुनेलाई मित्र भनी चिन्नुपर्छ ।”

यसरी मित्र र अमित्रको लक्षण बताएर ब्रह्म विहारलाई भाविता गरी बोधिसत्त्व ब्रह्मलोक परायण भए। आनन्दभूमिबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ