arrow

मूर्ति चोरी भएको पचास वर्षपछि पुनःनिर्माण सुरु भयो ब्रह्मा मन्दिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
Pashupati_Shivaratri.jpg.jpeg

काठमाडौं ।  पचास वर्षअघि नै मूर्ति चोरी भएपछि जीर्ण बनेको पशुपति क्षेत्रको ब्रह्माको मन्दिर पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रको जयवागेश्वरीमा रहेको मन्दिर काठमाडौँ महानगरपालिकाबाट प्राप्त रु ४० लाखको लागतमा पुनःनिर्माण भइरहेको हो ।

चोरी भएको मूर्ति भेटेर गौशालास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले राससलाई जानकारी दिए । मन्दिर पुनःनिर्माण सकिएपछि मूर्तिलाई मन्दिरमा राखेर पुनः प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि उत्खनन गर्दा अर्को घरले मन्दिरको जग्गा मिचेको भेटिएको पनि उनले सुनाए ।

नेपालमै ब्रह्माको मन्दिर अन्यत्र भएको जानकारी नभएको महानगरपालिकाको सम्पदा एवं संस्कृति समितिको संयोजकसमेत रहनुभएका वडाध्यक्ष सङ्गतले बताए। मुलुककै दुर्लभ मूर्ति ५० वर्षदेखि प्रहरी कार्यालयमा रहेकाले मन्दिर बनाएर पुनःस्थापित गर्ने अभियानमा लागिएको वडा कार्यालयले जनाएको छ ।

विसं २०२२ को नापीमा मन्दिर क्षेत्रमा घर थिएन । विसं २०४२ मा भने घर बनिसकेको नापीका क्रममा भेटिएको थियो । घरधनी मन्दिरको जग्गा छोड्न तयार भएपछि मन्दिरले चर्चेका जग्गा खुला छोडिने भएको छ । ब्रह्मा मन्दिरको क्षेत्र पहिले सात आना भएकामा अहिले डेढ आनामा खुम्चिएकाले  खोजबिन गरिनुपर्ने भन्दै स्थानीयवासीले माग गर्दै आएका छन् ।



नयाँ