arrow

सत्र दिनपछि धकेलियो प्रतिनिधि सभा बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभा बैठक १७ दिनपछि बस्ने भएको छ । आजका लागि तय भएको बैठक अब एकैपटक चैत ५ गते बस्ने भएको हो । आज बस्ने भनिएको बैठक विशेष कारण जनाउँदै अब एकैपटक चैत ५ गते आइतबार बस्ने संघीय संसदको सचिवालयका सहासचिव डा. भरतराज गौतमले सूचना पत्र जारी गरी जनाएका छन् । 

यो बीचको अवधिमा आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । 

त्यस्तै सभामुख देवराज घिमिरे यो बीचको अवधिमा विदेश जाँदैछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ