arrow

रहेनन् कीर्तिमानी फुटबल स्टार फन्टेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
just-funtain-france.jpg

काठमाडौं । एकै विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई ६५ वर्षसम्म पनि कायमै राख्न सफल स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ। फ्रान्सका पूर्व स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका लागि फन्टेनले ६ खेलमा १३ गोल गरेका थिए । फन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि २१ खेल खेल्दै ३० गोल गरेका थिए । 

उनले आफ्नो क्लब करियरको अधिकांश समय रिम्समा बिताएका थिए । जसमा उनले १५२ खेलमा १४५ गोल गरे । तीन पटक लिग वान उपाधि जितेका थिए ।

खुट्टा भाचिएपछि उनले १९९६ मा २८ वर्षकै उमेरमा सन्यास लिएका थिए । खेलाडी जीवनपछि उनले प्रशिक्षकको रुपमा काम गरेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ