- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंका सडक, पार्क र खोला छेउँहरु यतिबेला सेता, गुलाबी र रातो रङका फूलहरुले रंगीचंगी देखिएका छन् । विभिन्न आरु, फुलदेखि लिएर चेरी जस्ता प्रजातिका रुखमा फुलेका फूलहरुले सौन्दर्य थपेको छ ।
बसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । काठमाडौं उपत्यकामा यसरी थुप्रै ठाउँहरुमा फुल्ने गर्दछ । योसँगै बसन्त ऋतुको आगमन भएको भन्ने पनि चलन छ ।
भृकुटीमण्डप, बागमती किनारका शंखमुल क्षेत्र, तीनकुने सिनामंगल जाने बाटो र रिङरोडका विभिन्न भागहरुमा चेरीलगायत रङ्गीबिरङ्गी फूलहरु देख्न पाइन्छ ।
तस्बिर–नेपाल फोटो लाइब्रेरी ।