arrow

होलीमा अप्रिय घटना रोक्न बाँके प्रहरीले शुरु गर्‍यो विशेष सुरक्षा अभियान

logo
सौरभ गिरी,
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
banke-police(2).jpg

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्व '२०७९' लाई मध्येनजर गर्दै विशेष  सुरक्षा योजना बमोजिम चेकजाँचलाई तीव्र बनाएको छ।

बाँके प्रहरीको टोलीले होली पर्वमा हुन सक्ने आकस्मिक घटना रोक्न केही दिन अघिदेखि नै लागूऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन तालिम प्राप्त प्रहरी कुकुरको प्रयोग गर्दै सीमा नाकामा विशेष चेकजाँच अभियान सुरु गरेको छ।

जिल्ला प्रहरी बाँकेले  सीमा नाकामा इलाका प्रहरी कार्यालय जमुनाहा, लागूऔषध नियन्त्रण ब्युरो र  तालिम प्राप्त प्रहरी कुकुर कमाण्ड गर्ने के-नाईन शाखा कोहलपुरको संयुक्त टोलीले लागूऔषध ओसारपसार हुन नदिन विशेष चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

साथै बाँके प्रहरीले होली पर्वमा कुनै आपराधिक घटना हुन नदिन पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्निफिङ, सादा पोशाक, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक  सन्तोससिंह राठौरले जानकारी गराए ।

'सुरक्षा योजना अन्तर्गत ‘हाम्रो उद्देश्य पर्वको बेलामा कुनै पनि अपराध जन्य गतिविधि नहोस् भन्ने हो । हामीले सम्भावित क्षेत्रको पहिचान गरी उच्च निगरानी राख्ने छौ', प्रहरी उपरीक्षक राठौरले भने। त्यस्तै होली पर्वमा जथाभाबी रङ दल्ने र कसैको अनुमति बिना रङ दल्नेलाई कडा कारबाही गर्ने जानकारी दिँदै होली पर्व सभ्य रूपले मनाउन प्रहरी उपरीक्षक राठौरले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ