arrow

जग्गा कारोवारी युवा मिटरब्याजमा फसेपछि रोजे आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
shyam-timilsina-suicide-meter-byaji.jpg

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटरब्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।

लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसकेपछि आत्महत्या गरेको पाइएको हो । 

 एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटरब्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् । 

करिब ७ करोड भन्दा बढी पैसा उनले मिटरब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको  ऋणले उनलाई मृत्युको बाटोमा पुर्याएको आफन्तजनले बताएका छन् ।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । 

साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्युपछि अब ऋण दिने मिटरब्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ