arrow

पन्ध्र अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । आन्तरिक ऋण उठाउन  राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । 

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र  १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।

 यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ । 

आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ