arrow

नेमकिपाको भोट कसलाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
prem-suwal-nemakipa-.jpg

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताएका छन् । 

यसका लागि राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उनले बताए । उनले राष्ट्रपतिका उम्मेदवारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए ।

 दुवै राष्ट्रपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ