arrow

राष्ट्रपतिमा भोट दिनेबारे टुंगो लगाउन बस्दै राप्रपा बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
rpp-raprapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्ने लगायतका विषयमा निणर्य गर्नका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।
 
‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँर्दै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ । 

आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर भोलि हुने राष्ट्रपति निर्वाचनका बारेमा सुनिश्चित गर्नेछ । 

राप्रपाभित्रका केही नेताहरु भने राजसंस्था चाहिरहेको पार्टीले राष्ट्रपतिमा भोट हाल्नु हुन्न भनेर लबिङ गरेकोसमेत पाइएको छ । तर धेरैजसोले भने अहिलेको प्रणालीमा चुनाव लडेर संसदमा पुग्ने अनि राष्ट्रपतिलाई भोट हाल्दिन भन्नु मूर्खता भएकोसमेत जनाउँदै आएका छन् । 

राष्ट्रपाले आज यसकोसमेत छिनोफानो गर्नेछ । यद्यपि आचारसंहिता लागेका कारण उसले निर्णय भने गोप्य राख्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ