arrow

विमानका सबै 'क्रू मेम्बर' महिला, मन्त्री विमानस्थल पुगेर गरे स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
biman-mahila.jpg

काठमाडौं । नेपाल वायुसेवा निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका छन् । पाइलट द्वय भावना पन्त र को-पाइलट सृजना राउतको टोलीले काठमाडौँ-दुबई-काठमाडाँै उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’-३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए ।

निगमको आजको दुबई-काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले उडाएका थिए । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ । निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ ।

साथै सरकारले नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमान चालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका छन् । काठमाडौँ-दुबई-काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटन मन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन् ।

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटन मन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ