arrow

यू–२० एसिया कप छनोटमा प्यालेस्टाइनमाथि नेपालको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
nepal-palestine-u20-football.jpg

काठमाडौं । एएफसी यू–२० महिला एसिया कप छनोट फुटबलमा नेपालले शानदार शुरुआत गरेको छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको हो । नेपालको शानदार जितमा दिपा शाहीले ह्याट्रिक  गरिन् । गरिमा राईले दुई गोल गरिन् । नेपालले एक गोल आत्मघाती उपहार  पाएको थियो ।

जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । छनोटको समूह बी मा रहेको नेपालसँगै प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेका छन् ।    

दोस्रो खेलमा नेपालले आगामी सोमबार नर्दन मारियानासँग खेल्नेछ । समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छ । नेपालको सम्भावना बलियो देखिएको छ । 

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसिया कप खेल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ