arrow

प्रचण्डमाथि षड्यन्त्र गर्न देशी-विदेशी शक्तिहरू लागिपरिरहेका छन् : पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
devendra-poudelsss.PNG

काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि षड्यन्त्र गर्न देशी-विदेशी शक्तिहरू लागिपरिरहेका दाबी गरेका छन् ।  उनले माओवादी जनयुद्धको जगमा आएको परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै  माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् ।

पौडेलले भने, “यतिबेला माओवादी अध्यक्ष प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी देशी-विदेशी शक्तिहरू लागिपरिरहेका छन्, त्यसैले पूर्वमाओवादी एक ढिक्का हुनुपर्छ, यसको विकल्प छैन ।”

सचिव पौडेलले विसं २०७६ माघ १ गते अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमा बोलेको विषय राजनीतिक विषय भएकाले अदालतले यस्तो विषयलाई हेर्न नमिल्ने जिकिर गरे ।  उनले भने, “अध्यक्ष प्रचण्डले त्यति बेला बोलेको कुरा राजनीतिक भाषा हो र यसलाई अदालतमा लैजानु त्रुटिपूर्ण छ । यस्ता घटनाको हामी राजनीतिक र वैचारिक रूपले प्रतिवाद गर्नेर्छौँ ।”

शान्ति प्रक्रियाका विषय टुङ्ग्याउन माओवादीहरू एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ । “माओवादी आन्दोलनमा भएका साथीहरू एक ठाउँमा हुनुपर्ने बेला आएको छ । हामी छुट्टिँदा हाम्रा मुद्दाहरू कमजोर भए गम्भीर समीक्षा गरेर अघि बढ्छौँ ।”

विगतमा शान्ति प्रक्रियासँग नजोडिएका कतिपय शक्तिले न्यायालयलाई पनि प्रभावित पार्ने काम भएको उनको भनाइ थियो । “बृहत् शान्ति सम्झौता, पछिल्लो परिवर्तन, अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिले कतिपयलाई नरुचेको हुनसक्छ”, सचिव पौडेलले भने ।

 

 

 

 



नयाँ