arrow

श्री एअरलाइन्सको विमानमा आगलागीः सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
shree-airlines.jpg
तस्बिर – फाइल ।

काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । काठमाडौंबाट भैरहवा लागि उडेको सो विमानका इन्जिनमा आगो लागेको देखिएपछि फर्काएर सुरक्षित रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गराईएको हो । 

 उडान नं ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो आगलागीपछि  त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ । जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् । 

विस्तृत विवरण आउन बाँकी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ