arrow

मतदानपछि पौडेल र नेम्वाङले मारे अँगालो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
nembang-poudel.jpg

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदानपछि एकअर्कालाई अँगालो मारेका छन् ।

तेस्रो राष्ट्रपति निर्वाचन पछि दुवै नेताले एक अर्काप्रति सद्भाव देखाउँदै अङ्कमाल गरेका हुन । मिलेर संविधानको रक्षा गर्ने र राष्ट्रलाई एकताबद्ध गर्ने राष्ट्रपतिका उम्मेदवारले बताए ।

दुवै नेताले मतदानपछि राष्ट्रिय एकता कायम गर्ने गरि अघि बढ्ने धारणा राखे । मतदान सक्ने बित्तिकै दुवै नेता एकै ठाउँमा आएर यस्तो प्रतिक्रिया दिएका हुन् ।

दुवै नेताबीच सैहर्यता देखिएको छ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका पौडेल र नेकपा (एमाले) का नेम्वाङ प्रतिस्पर्धामा छन् ।

यसअघि पहिलो पटक रामवरण यादव र दोस्रो पटक विद्यादेवी भण्डारी राष्ट्रपति बनेका थिए । मताभरको हिसाबले पौडेल राष्ट्रपति बन्ने सम्भावना बलियो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ