arrow

प्रधानमन्त्री प्रचण्डसँग भलाकुसारी गर्दै राष्ट्रपतिका उम्मेदवार पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
poudel-prachanda.jpg

काठमाडौं ।  राष्ट्रपति पदको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान जारी छ ।  राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।  

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार बनेका छन् ।

आफूलाई मत दिन बानेश्वर पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले भलाकुसारी गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार पौडेल  मतदान गर्न मतदान स्थल संसद भवन नयाँबानेश्वर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भलाकुसारी गर्दै भित्र छिरेका थिए ।

कांग्रेस समर्थक रहेका प्रधानमन्त्रीले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।  राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सङ्घीय संसद्का एक सय सदस्य र प्रदेशसभातर्फ एक सय ३० सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
नयाँ