arrow

राजसंस्थाको परम्पराको अभ्यासबाट राष्ट्रपतिलाई टाढा राख्नुपर्छ : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
gagan-thapa8.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजसंस्थाको परम्पराको अभ्यासबाट टाढा राख्नुपर्ने बताएका छन् । राष्ट्रपति पदको निर्वाचनमा मतदानपछि थापाले यस्तो धारणा राखेका हुन् ।  

  उनले भने,' राजसंस्थाको परम्पराको अभ्यासबाट राष्ट्रपति टाढा राख्नुपर्ने देखिन्छ । संविधानको रक्षा पालना गर्ने कुरामा ध्यान पुराउन सके यसले अर्थ राख्छ ।'

कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति बने काँग्रेसका सम्पूर्ण पदहरू त्यागेर राष्ट्र पिता बन्नुपर्ने धारणा थापाले राखे ।

मतदानपछि महामन्त्रीले भने,' यो निर्वाचनपछि आउने राष्ट्रपतिले पुरानो कुराबाट सिक्दै र कतिपय कुरालाई सच्याउँदै संस्था प्रतिको जनविश्वास बढाउनुपर्ने देखिन्छ ।'

राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ  उम्मेदवारमा रहेका छन्  । आज दिउँसो ३ बजेसम्म मतदान हुनेछ । पौडेल राष्ट्रपति बन्ने सम्भवाना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ