arrow

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटको सुनुवाइ शुक्रबारका लागि सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याउनेमा पुगेर स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेकामा हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । 

उक्त रिटबारे शुक्रबारका लागि पेसी तोकिएको छ । आजको मुद्दामा प्रधानमन्त्री प्रचण्ड नै उपस्थित हुनुपर्ने थियो । तर विविध कारण तथा राष्ट्रपतिको निर्वाचनका कारण उनी अदालतमा उपस्थित हुने सम्भावना कम भएपछि उक्त मुद्दालाई हेर्न नभ्याउनेमा पुगेर स्थगित गरिएको हो । 

२०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्धन्द्धका पीडितले सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिट यसअघि अदालत प्रशासनबाट दरपीठ भएको थियो । तर न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले गत शुक्रबार दरपीठको आदेश बदर गरेपछि गत मंगलबारमात्रै प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो ।

तत्कालीन माओवादीसँग जोडिएका नेताहरुले भने यो रिटको विरोध गरिरहेका छन् । 



नयाँ