arrow

ओलीले भने- मेरा मित्र रामचन्द्रलाई बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । शुक्रबार बिहान अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्वीटमार्फत पौडेललाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, “नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवम् मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।”

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा पूर्व सभामुख रामचन्द्र पौडेल निर्वाचित भएका थिए । आफ्ना प्रत्याशी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । उनले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे । यसैगरी उनका प्रत्याशी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ