arrow

प्रचण्डविरुद्ध परेको रिटको सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
prachanda-pm-final-always.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिटमाथिको सुनुवाइ आज हुने भएको छ ।

प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ हिजो हेर्न नभ्याउनेमा पुगेर स्थगित भएको थियो ।

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको पेसी  तोकिएकामा हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।  उक्त रिटबारे आज पेसी तोकिएको छ । सोसँगै आज सुनुवाइ हुने भएको हो ।

हिजो राष्ट्रपतिको निर्वाचनका कारण  प्रधानमन्त्री प्रचण्ड उपस्थित हुन नसकेपछि उक्त मुद्दालाई हेर्न नभ्याउनेमा पुगेर स्थगित गरिएको थियो।  सोको मुद्दामा प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने छ ।

२०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्वन्द्वका पीडितले सर्वोच्चमा रिट दायर गरेका थिए ।



नयाँ