arrow

प्रचण्डविरुद्ध परेको रिटमाथिको सुनुवाइ सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
prachanda-pm-final-always.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिटमाथिको सुनुवाइ सकिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको सकिएको हो ।  प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ हिजो हेर्न नभ्याउनेमा पुगेर स्थगित भएको थियो ।

आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरु ज्ञानेन्द्र आरण,  बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, डा.सुरेन्द भण्डारी, शिवकुमार यादव ले बहस गरेका थिए ।  सुनुवाइ सकिएसँगै अब आदेश आउदैछ ।

२०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्वन्द्वका पीडितले सर्वोच्चमा रिट दायर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ