arrow

एचथ्रीएनटु इन्फ्लुएन्जाबाट दुई जनाको मृत्यु, ९० संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
corona-virus-covid-19.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा कोरोना भाइरसजस्तै फैलिरहेको एचथ्रीएनटु इन्फ्लुएन्जाबाट पहिलो पटक दुई जनाको मृत्य् भएको छ । स्वास्थ्य मन्त्रालय सूत्रलाई प्रयोग गर्दै मिडिया रिपोर्टमा दिइएअनुसार हरियाणा र कर्नाटकमा एक एक जनाको मृत्यु भएको हो । 

अहिलेसम्म भारतमा ९० जना यो रोगबाट संक्रमित भएका छन् । कर्नाटकमा ८२ वर्षीय हीरा गौडाको मृत्यु भएको हो । हरियाणाको घटना अझै स्पष्ट भएको छैन । हीराको गत १ मार्चमै ज्यान गएको हो । 

एम्सका पूर्व निर्देशक डा. रणदीप गुलेरियाले विशेष गरी वृद्धवृद्धाले यो रोगबाट बच्न सावधानी अपनाउनु पर्ने बताएका छन् । यो रोग कोरोनाजस्तै फैलन्छ । 

के गर्नुपर्छ ? 
यो रोगबाट बच्न पनि कोरोनाजस्तै मास्क लगाउनु पर्छ । भौतिक दूरी कायम राख्नुपर्छ । पटक पटक हात धुनु पर्छ । 

वृद्धवृद्धा तथा दीर्घ बिरामीले अझ बढी सावधानी अपनाउनु पर्ने हुन्छ । 

के हुन् एचथ्रीएनटुका लक्षणहरु–
१, मौसमी रुघाखोकी । 
२, घाँटीमा खसखस । 
३, नाकबाट पानी बहनु, नाक बन्द हुनु । 
४, टाउको दुख्नु । 
५, ज्वरो आउनु । 
६, शरीर दुख्नु । 
७, चिसो लाग्नु । 
८, थकान महसुस हुनु । 
९, स्वास फुल्नु अर्थात् स्वाँ स्वाँ हुनु । 
१०, पखाला लाग्नु ।
११, बान्ता हुनु । 

यो संक्रमण कलेजोमासमेत फैलन सक्ने देखिएको छ । 

उपचार–
यसको उपचार पनि छैन । तर घरेलु औषधि खान चिकित्सकहरुले सुझाव दिएका छन् । बेसार, तुलसी, अदुवा, मह लगायत तातो पानीको भरपूर प्रयोग गर्न पनि सल्लाह दिइएको छ । 

भारतमा कोरोना जस्तै फैलिएसँगै नेपालमा पनि यो रोग फैलन सक्ने अनुमान भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ