arrow

नौ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे बहराइनतर्फ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
speaker-devraj-ghimire-baharain.jpg

काठमााडैं । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन आज बहराइन प्रस्थान गरेका छन् । 

यही फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन् । 

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे छन् । 

महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज्ः फाइटिङ इनटलरेन्स’ विषयमा जेनेरल डिबेटमा सङ्घीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ । 

महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ