arrow

सिटी एक्सप्रेस "मुन्द्रेको कमेडी क्लब" को मुख्य प्रायोजक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
city-express-mundra-comedy-club-mou.jpg

काठमाडौँ। लोकप्रिय कमेडी सो "मुन्द्रेको कमेडी क्लब" को मुख्य प्रायोजकको रूपमा सिटी एक्सप्रेस मनी ट्रान्सफर रहने भएको छ। सो कार्यक्रम यही चैत्र २ गते देखि नियमित रूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुने कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र  सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने छ। यस कार्यक्रमका मुख्य पात्रको रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियङ्का कार्की रहेका छन्  भने कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरू पनि विभिन्न भागहरूमा उपस्थिति रहने छ। कार्यक्रमको निर्देशन दिनेश डिसिले गर्ने भएका छन्।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ