arrow

प्रशासनिक क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्नेगरी ऐन बन्छ : मन्त्री मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
general-administration-federal-affairs.jpg

काठमाडौं ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसङ्गतिको अन्त्य गर्नेगरी सङ्घीय निजामती सेवा ऐन बन्ने बताएका छन् ।

मन्त्रालयद्वारा आज आयोजित संवैधानिक आयोगका प्रमुखसँग विधेयकमा आरक्षणको संरचनागत व्यवस्था र विधेयक तयारीको छलफल कार्यक्रममा मन्त्री मोदीले मुलुकमा सरुवा प्रणालीका खराब प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको जनाए ।

उनले  भने, “पहुँच भएको व्यक्ति सुगम ठाउँमा बस्ने र आवाजविहीन कर्मचारी पटक–पटक दुर्गममा सरुवा हुनुपर्नेलगायतका सरुवा प्रणालीको प्रवृत्तिलाई व्यवस्थित गर्छौँ ।”

संविधानका सिद्धान्तभित्र रहेर समानुपातिक समावेशितालाई न्यायगत ढङ्गले ऐनमा व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले तीन तहका सरकारबीच प्रशासनमा देखिएका आधा समस्या ऐनले समाधान गर्ने बताए ।

ऐन लामो समयसम्म अल्झिएको र आफूले जिम्मेवारी सम्हाल्दा नै ऐन जसरी पनि ल्याउन प्रतिबद्धता पूरा गर्ने र सुशासन कायम गर्ने जनाए ।

सबै आयोगका साझा उद्देश्य राष्ट्र र जनताको हितका लागि कार्य गर्ने रहेकाले विभिन्न आयोगबीच सहकार्य र समन्वयन गरी संविधानले दिएको क्षेत्राधिकारभित्र रहेर ऐन निर्माणमा तीव्रता दिने मन्त्रालयका सचिव कृष्णहरि पुष्करले बताए ।

संविधानतः समानुपातिक समावेशितालाई अङ्गीकार गरेकाले ऐनमा मुलुकको आवश्यकताअनुसार समावेशिता कायम राख्दै समावेशीको माध्यमबाट राष्ट्रिय एकता कायम गर्ने भएकाले प्रवद्र्धन गर्न जरुर रहेका विभिन्न आयोगका प्रमुखहरूले छलफलमा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ