- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पोखराका दुईवटा कलेजमामात्र विद्यार्थी संगठनद्वारा उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।
स्ववीयू निर्वाचनका लागि पोखरामा इन्जिनियरिङ अध्ययन संस्थान र नर्सिङ क्याम्पसमा मात्र मनोनयन दर्ता भएको बताइन्छ । विन्दवासिनी संस्कृत क्याम्पसमा भने आजमात्र उम्मेदवारी मनोमयन दर्ता गर्ने कार्यक्रम छ ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र बन विज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पसमा विभिन्न बिद्यार्थी संगठनको नामबाट तालाबन्दी गरिएको र तालाबन्दी खुलेपनि अन्य विवादका कारण निर्वाचन कार्यक्रम प्रभावित भएको छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको लागि नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा अनुष्ठा चापागांई, सचिवमा ममता शर्मा, कोषाध्यक्षमा कृष्टिना कायस्थ र सदस्यहरुमा अन्जु थापा, सुष्मा बराल, सरस्वती खनाल, सुस्मिता जयसवाल र संचिता दाहालले खुला तर्फबाट उमेदवारी दर्ता गराएका छन् ।
नेविसंघको तर्फबाट समानुपतिक सदस्यमा श्वेता कोईराला, नम्रता चापागाईं, विष्णु सापकोटा, विना मुस्याखो, सुस्मा चौधरी, स्विकृति पन्त र करुणा गौतमको उम्मेदवारी परेको नेविसंघ कास्कीका उपसभापति महादेव गिरीले जानकारी दिए ।
नर्सिंग क्याम्पसमा अनेरास्वबियुको तर्फबाट सबैजसो पदमा प्यानल नै उम्मेदवारी दर्ता भएको छ । जसअनुसार अनेरास्वबियुले अन्जना अधिकारीलाई सभापतिको उम्मेदवार बनाएर उनकै नेतृत्वमा प्यानल तयार गरेको छ ।