arrow

'सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयहरू अन्य तरिकाले हेर्न मिल्दैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
agni-sapkota2.jpg

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयहरू अन्य तरिकाले हेर्न नमिल्न्  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन् । 

सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीबीच विसं २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भए पनि तत्सम्बन्धी मुद्दालाई शान्ति सम्झौताअनुसार अगाडि बढाउनुको विकल्प नरहेको बताए ।

“विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अन्तरिम संविधान, २०६३ र नेपालको संविधानले गरेको व्यवस्थाबाहेक सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयहरू अन्य तरिकाले हेर्न मिल्दैन”, उपाध्यक्ष सापकोटाले भने, “अन्य तरिकाले हेर्न थालियो भने शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ । पछिल्लो परिवर्तनका लागि बलिदानी दिएका नेपाल आमाका छोराछोरीहरूको योगदानको अपमान हुन्छ । त्यसैले प्रतिकूल असर पार्ने गरी कुनै काम नगर्न म सबैलाई आग्रह गर्दछु ।”

उपाध्यक्ष सापकोटाले देशमा प्राप्त राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउन विभिन्न प्रयासहरू जारी रहेकाले त्यसका विरुद्ध जनमत बनाइराख्न सबै सचेत नेपालीले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । साथै उनले विस्तृत शान्ति सम्झौतामा सत्य, निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुङ्ग्याउने भनिएकाले सोहीअनुरुप बाँकी काम चाँडै निष्कर्षमा पुर्‍याउन लाग्नुपर्नेमा जोड दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ