arrow

आज संयुक्त पत्रकार सम्मेलन गर्दै माओवादी घटक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
maoist-party(1).jpg

काठमाडौं । माओवादी घटकका आठ दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । आज दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन हुने  माओवादी केन्द्र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।

द्वन्द्वकालीन मुद्दाको निर्क्योल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने गरी माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनुपर्ने भन्दै राजनीतिक स्थिरता र स्थायी शान्तिको पक्षमा जनतामा जाने निर्णय पनि मा‌ओवादी घटकले गरेको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ