arrow

जीपीटी-४ को नयाँ पुस्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
chatgpt-gpt4-gpt.jpg

काठमाडौं । ओपन एआईले अर्को हप्ता सम्भवत: मार्च १६ मा विशाल भाषा मोडेल (एलएलएम) जीपीटी-४ को नयाँ पुस्ता सार्वजनिक गर्न सक्छ । ओपन एआई लोकप्रिय भाषा मोडेल च्याटजीपीटी र डल्लेको निर्माता पनि हो । 

च्याट जीपीटीले लेखेर प्रयोगकर्ताका प्रश्नको जवाफ दिन सक्छ। माइक्रोसफ्टद्वारा समर्थित स्टार्टअप ओपन एआईको भाषा मोडेलको नयाँ वा अर्काे पुस्ता जीपीटी-४ ले एआई निर्मित भिडियो, फोटो र अन्य प्रकारका सामग्रीहरूसहित जवाफ दिनसक्छ ।

जर्मन समाचार वेबसाइट हाइसीसँगको कुराकानीमा माइक्रोसफ्ट जर्मनीका प्रमुख टेक्नोलोजी अफिसर अन्ड्रेज ब्रनले भनेका छन्,'हामी अर्को हप्ता जीपीटी-४ प्रस्तुत गर्नेछौं... हामीसँग मल्टिमोडल मोडेलहरू हुनेछन् जसले पूर्ण रूपमा फरक सम्भावनाहरू प्रदान गर्नेछ, उदाहरणका लागि भिडियोहरू।'

बहुमोडल भाषा मोडेलले निकै धेरै स्रोतहरूबाट जानकारी प्राप्त गर्न सक्छ जसको अर्थ जीपीटी-४ मा आधारित नवीनतम विकासले तस्बिर, संगीत वा अडियो र भिडियोको रूपमा प्रयोगकर्ताका प्रश्नहरूको जवाफ दिन सक्ने क्षमता हुन सक्छ।

जीपीटी-४ बारे थाहा भएका कुराहरु

जीपीटी-४ को मल्टीमोडल क्षमता बाहेक बिस्तारै जवाफ दिने च्याटजीपीटीको समस्या समाधान गर्न सफल हुन सक्छ। अर्को पुस्ताको यो भाषा मोडेलले निकै छिटो र मानिसले जस्तै तरिकाले जवाफ दिने अपेक्षा गरिएको छ।

ओपन एआईले जीपीटी-४द्वारा सञ्चालित मोबाइल एपमा पनि काम गरिरहेको हुन सक्ने बताइएको छ। च्याटजीपीटी एक वेब आधारित भाषा मोडेल हो र अहिलेसम्म यसको मोबाइल एप छैन ।

माइक्रोसफ्ट र ओपनएआई दुवै जीपीटी-४लाई बिंग सर्च इञ्जिनमा प्रयोग गर्ने सम्भावना निकै धेरै छ।

च्याट जीपीटी जीपीटी-३.५ मा आधारित रहे पनि माइक्रोसफ्टको बिंगले जीपीटी-३ र जीपीटी ३.५सहित प्रोमिथियस भनिने प्रोप्राइटरी टेक्नोलोजीको प्रयोग गरेर छिटो जवाफ उपलब्ध गराउने प्रयास गरेको छ।

च्याट जीपीटी एउटा च्याटबोट हो, जसले मानिसले जस्तै यसको कृत्रिम न्युरल नेटवर्ककको प्रयोग गरे प्रश्नहरुको जवाफ दिन्छ।

निकै धेरै चर्चामा आएको यो च्याटबोट सन् २०२२ को नोभेम्बरमा सन फ्रान्सिस्कोमा आधारित ओपनएआईले सार्वजनिक गरेको थियो र यसले विश्वको ध्यान खिचेको थियो। 

यसले भर्खरै आफ्नो शुरुआत भएको २ महिनापछि मात्र १० करोड सक्रिय मासिक प्रयोगकर्ताहरूको आँकडा पार गरेको छ। 

जीपीटी-४ मा कुन किसिमको प्यारामिटर हुनेछ भन्ने स्पष्ट छैन। तर ओपनएआईका सीईओ सैम अल्टम्यानले पहिले जीपीटी-४ मा १०० खर्ब प्यारामिटर हुनेछन् भन्ने कुरालाई भने खारेज गरेका थिए।

जीपीटी ३.५ सँग १७५ अर्ब प्यारामिटर रहेको छ, जे होस् जीपीटी-४ यो भन्दा निकै बढी शक्तिशाली हुनेछ। प्यारामिटरले यसको टेक्सट वा जवाफ निमार्ण गर्न सक्ने क्षमतालाई ईँगित गर्छ।

जबकि लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक र इन्स्टाग्रामलाई यो आंकडा पार गर्न क्रमशः ९ महिना र साढे दुई वर्ष लागेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ