arrow

रामचन्द्रले छाडे कांग्रेस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
president-ramchandra-poudel-third.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनु अघिल्लो दिन कांग्रेस परित्याग गरेका हुन् । 

आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् । 

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ