arrow

स्ववीयू निर्वाचन प्रक्रिया रोक्न उच्च अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
PNC Pokhara.jpg

पोखरा । उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा स्ववीयू निर्वाचन प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

स्वतन्त्र विद्यार्थी समूहका तर्फबाट क्याम्पसलाई विपक्षी बनाएर विप्लवी न्यौपानेले दायर भएको रिटका आधारमा अदालतले अन्तरिम आदेश दिएको हो । 

अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले चैत २ गतेसम्म निर्वाचन सम्बन्धी कुनै पनि काम कार्वाही अघि नबढाउन आदेश दिएको हो । 

फागुन १९ गते स्वतन्त्र विद्यार्थी समूह नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर पृथ्वी विद्यार्थी मञ्च राखेर अन्तिम नामावली प्रशासन गरेको आरोप लगाइएको छ ।

अदालतले दुवै पक्षसँग छलफल गर्न २ चैतमा अर्को पेसी तोकेको छ । उच्च अदालतको आदेशपछि स्ववियु निर्वाचन अन्योल परेकोे छ ।

क्याम्पसको स्ववीयू निर्वाचनको कार्यालयमा तालाबन्दी पनि जारी छ ।

निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छैटौं, अखिल क्रान्तिकारी ‘विप्लव’ र अखिल क्रान्तिकारी संयुक्तलगायतका विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ