- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली महिला फुटबल टिम एएफसी यू–२० महिला एसिया कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा शानदार सफलतासहित नेपाल दोस्रो चरणमा पुगेको हो ।
छनोट अन्तर्गत समूह बी को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो । नेपालले खेलेका समूह चरणका दुवै खेलमा दुवै टिममाथि आधादर्जन गोल बर्साउँदै दोस्रो चरणमा स्थान पक्का गरेको हो ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले पराजित गरेको हो ।
नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले २–२ तथा सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन् ।
नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको थियो ।
छनोट अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० गोल अन्तरले नै हराएको थियो ।
यस जितसँगै समूह बी को नेपालले २ खेलमा ६ अंक जोड्यो र नेपाल अपराजित रहँदै शीर्ष स्थानसहित दोस्रो चरणमा पुगेको हो ।
नर्दन मारियानाले दुवै खेलमा हार बेहोर्यो । प्यालेस्टाइन ३ अंक जोडेर पहिलो चरणबाटै बाहिरिएको छ ।
दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसिया कप खेल्नेछन् ।
१६ टोलीबीच यू–२० महिला एसिया कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।