arrow

पिएनजीविरूद्ध तेस्रो विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
sandeep.jpg

काठमाडौं । पपुवा न्युगिनी पिएनजीविरूद्धको खेलमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।  

घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीको तेस्रो विकेट लिएको हो ।


१३.६ ओभरमा सन्दीपले पीएनजीका सेसे बाउलाई आउट गराएका हुन् । बाउ २८ बलमा १८ रन बनाएर खेलिरहेका बेला आउट भएका हुन् । 

नेपालका ललितनारायण राजवंशीले पहिलो र सोमपाल कामीले दोस्रो विकेट लिएका थिए ।

ललित राजवंशीले १६ बलमा २ रन बनाएर खेलिरहेका किप्लिन डोरिगाको विकेट लिएका थिए । ६.५ ओभरमा सोमपाल कामीले २२ बलमा १४ रन बनाएर खेलिरहेका हिरी हिरीको विकेट लिए । 


नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।



नयाँ