arrow

 नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
ram-chandra-poudel-oth-president-thrid.jpg

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

 सोमबार राष्ट्रपतिको कार्यालयमा  राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् । 

शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छिन् । 

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रिपरिषद् सदस्य, संघीय संसदका सदस्यसहित विशिष्ट व्यक्ति,संवैधानिक अंगका प्रमुख कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । 

प्रधानमन्त्री प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरे । 
 

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । 

नेपालमा विसं २०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास शुरु भएको हो । 

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

यसअघि पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । भण्डारीको कार्यकाल हिजो सकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ