arrow

पन्ध्र अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको छ । आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ । 

केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ। यता ९१ दिनको लागि पनि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ ३० गते परिपक्व हुने र ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने र यो ट्रेजरी २०८० फागुन २९ गते परिपक्व हुने बैंकले जानाएको छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ