arrow

अष्ट्रेलिया, अमेरिका र बेलायतद्वारा आणविक पनडुब्बी खरिद-बिक्री योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
us-uk-asutralia-biden-sunak-albnies.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम र अष्ट्रेलियाका लिडरहरूले करिब डेढ वर्षअघि पहिलो पटक अनावर गरिएको एशिया प्रशान्तको लागि सुरक्षा सम्झौता अन्तर्गत अष्ट्रेलियाले कसरी आणविक पनडुब्बीहरू प्राप्त गर्नेछ भन्नेबारे थप विवरणहरू सार्वजनिक गरेका छन्।

'स्वतन्त्र र खुला' इन्डो प्यासिफिकको संरक्षण गर्ने उद्देश्यले भएको एयुकेयुएस सम्झौता अन्तर्गत अष्ट्रेलियाले तीन अमेरिकी आणविक पनडुब्बीहरू खरिद गर्नेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबार क्यालिफोर्नियामा भएको भेटवार्तासँगै संयुक्त विज्ञप्ति जारी गर्दै सन् २०३० को सुरुमा हुने प्रारम्भिक सम्झौतापछि अस्ट्रेलियासँग थप दुई आणविक पनडुब्बी खरिद गर्ने विकल्प पनि रहेको बताएका छन्।

यो सुरक्षा सम्झौता बेइजिङको बढ्दो सैन्य शक्ति र एसिया प्यासिफिकमा बढ्दो दृढ उपस्थितिलाई प्रतिक्रिया दिन तीन राष्ट्रहरूको संयुक्त प्रयासको एक हिस्सा हो।

यो सम्झौता अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स क्षमता, हाइपरसोनिक हतियार र अन्य उन्नत प्रविधिहरू निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समावेश छ।

स्यान डिएगोको स्थित नौसेना आधार पोइन्ट लोमाबाट बोल्दै बाइडेनले उक्त समयलाई,'इतिहासको एक विराम बिन्दु भएको भन्दै प्रतिरोध बढाउने र स्थिरता प्रवर्द्धन गर्ने कडा मेहनतले आउँदो दशकहरूमा शान्तिको सम्भावनामाथि महत्त्वपूर्ण भूमिका खेल्ने,' बताएका छन्।

बाइडेनले बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई भनेका छन्,'म तपाईँहरूको सीपमेट हुनमा गर्व गर्छु।'

अल्बानीजले भनेका छन्,'यो ६५ वर्षको अवधिमा पहिलो पटक र इतिहासमा दोस्रो पटक संयुक्त राज्य अमेरिकाले आफ्नो आणविक प्रणोदन प्रविधि सेयर गरेको छ, हामी यसको लागि धन्यवाद दिन्छौँ।'

यसबीच, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले 'रूसको युक्रेनमा अवैध आक्रमण, चीनको बढ्दो दृढता र इरान एवं उत्तर कोरियाको अस्थिर व्यवहार सहित'लाई उद्धृत गर्दै चुनौतीहरु बढ्दै गएको बताएका छन्।

सोमबार घोषणा गरिएको यो बिक्री योजनाको लामो अवधि र  बहु चरणको योजनाको एक हिस्सा हो। यसअन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई आफ्नो प्रमुख आणविक प्रविधि दिइरहेको छ जुन यसअघि बेलायतसँग मात्रै दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ