arrow

अमेरिकाले जलवायु परिवर्तनविरुद्धको अभियानलाई ‘निरन्तरता दिने’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
china-carbon-emissions-climate-danger.jpg

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घको कोप–२९ वार्तामा संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाईं जारी राख्ने बताएका छन् । 

ऐतिहासिक पेरिस सम्झौताबाट वासिङ्टनलाई फिर्ता गरेका आगामी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता र जलवायु परिवर्तनबारे उनको नियमित प्रश्नका कारण बाकुमा हुने वार्तामा ट्रम्पको पुनरागमनले छायाँ पारेको छ ।

पोडेस्टाले आगामी प्रशासनले ‘यु–टर्न लिने प्रयास गर्ने’ स्वीकारे पनि उनले अमेरिकी शहर, राज्य र व्यक्तिगतरूपमा नागरिकले यस अभियानलाई निरन्तरता दिने बताए । 

“डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यलाई पछाडि धकेल्न सक्छ, तर संयुक्त राज्य अमेरिकामा जलवायु परिवर्तन नियन्त्रणका लागि प्रतिबद्धता, आकर्षण र विश्वास जारी रहनेछ,” उनले भने । 

“यो स्वच्छ, सुरक्षित पृथ्वीको लागि हाम्रो लडार्इंको अन्त्य होइन । यो लडाईं कुनै चुनाव र देशको राजनीतिक चक्रभन्दा व्यापक छ र यसले निरन्तरता पाउनुपर्छ ।” 

बाकु वार्ता विश्वव्यापी सहयोगका लागि आह्वान र जलवायु विपत्तिका बारेमा ताजा चेतावनीका साथ सोमबार सुरु भएको हो ।

संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले देशहरूलाई ‘विश्वव्यापी सहयोग गणनाको लागि कम छैन भनेर देखाउन’ आग्रह गर्दै वार्ताको थालनी गरेका थिए । 

उनले धनी देशहरूलाई ‘जलवायु वित्त दान हो भन्ने कुनै पनि विचार त्याग्न’ आग्रह गरे । 

न स्टिएलले भने, “एक महत्वाकाङ्क्षी नयाँ जलवायु वित्त लक्ष्य पूर्ण रूपमा सबै राष्ट्रको हितमा छ, जसमा सबैभन्दा ठूलो र धनी राष्ट्र पनि समावेश छ ।”

केही देशहरूले गत वर्षको कोप २८ सम्झौताको कार्यान्वयनलाई जलवायु वित्तको ढाँचाभित्र मात्र छलफल गर्न जोड दिएपछि तेल र ग्याँसको धनी अजरबैजानको राजधानी बाकुमा सुरू भएको वार्ता लगभग तुरुन्तै रोकिएको थियो । 

जलवायु परिवर्तनमामिलाबारे अनुसन्धान र दवाबका लागि काम गर्ने थिङ्क ट्याङक ई–थ्रीजीका वरिष्ठ सहयोगी एल्डन मेयरले भने, “जबसम्म एजेन्डाले समाधानका लागि आउँदैनन्, वार्ता र सहमतिले मात्र केही हुँदैन । समस्या समाधानका लागि सबैको तत्परता आवश्यक हुन्छ ।” 

कोप–२९ का अध्यक्षले वार्ता टोलीलाई काम गर्न लगाउन नसक्ने उनको भनाइ रहेको छ ।

वार्ताकारहरूले विकासशील राष्ट्रहरूलाई जलवायु परिवर्तनको बढ्दो प्रभावका लागि तयारी गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न वार्षिक १०० अर्ब डलरको लक्ष्य बढाउनुपर्छ ।

विवादका केही प्रमुख बुँदाहरू प्रस्तावमा कति हुनेछ, कसले भुक्तानी गर्नेछ, र कसले कोषहरूमा पहुँच कायम गर्न सक्दछ भन्ने रहेका छन् । 

कोप–२९ का अध्यक्ष मुख्तार बाबायेवले यसको आवश्यकता बार्षिक ‘खर्बौंमा’ रहेको स्वीकार्नुभएको तर थप ‘यथार्थवादी लक्ष्य’ सयौँ अर्बमा रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ