- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा प्रधान कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् ।
बैंकको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले असार महिनादेखि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका बुढाथोकीलाई सीईओमा नियुक्त गरेको हो ।
बैठकले बुढाथोकीलाई चैत १ गतेदेखि कार्यभार समाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. २८ माझठाना निवासी बुढाथोकी १५ वर्षदेखि बैकिङ्ग क्षेत्रमा संलग्न छन् ।
बैंकको देशका विभिन्न ठाउँमा शाखा विस्तार गरिएको छ । बैंकले कृषि, पर्यटन र साना उद्योग जस्ता क्षेत्रमा कर्जा लगानीलाई विशेष जोड दिँदै आएको छ ।