arrow

मोन्टी देसाईले बोलाए क्रिकेट फ्यानलाई कीर्तिपुर मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
monti-desai-coach-nepal-cricket-seniior.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले सबै क्रिकेट फ्यानलाई बिहीबार त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा बोलाएका छन् । 

बिहीबारको नेपाल र यूएईबीचको आईसीसी विश्वकप लिग २ को अन्तिम खेल निकै महत्वपूर्ण रहेको भन्दै भारतीय प्रशिक्षक देसाईले फ्यानलाई नेपाली टिमको समर्थनका लागि आउन आग्रह गरेका हुन् । 

बिहीबारको खेल जित्दा नेपालले विश्वकप क्रिकेटको छनोट खेल सिधै खेल्न पाउने छ । नेपालले पछिल्लो समय निकै नै सशक्त प्रदर्शन गरेको छ । 

नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ । बिहीबारको खेल नेपालका लागि निकै नै महत्वपूर्ण रहेको हो । 

प्रशिक्षक देसाईले क्रिकेटका १२ औं खेलाडी (दर्शक) को भूमिका निकै नै हुने भएकाले त्यसलाई मध्यनजर गर्दै टिमको समर्थनका लागि आउन आग्रह गरेका हुन् । 

उनले भिडियोमार्फत दर्शकलाई बिहीबार टीयूमा भेटौंला भनेको सन्देश नेपाल क्रिकेट संघ क्यानले ट्वीटरमा राखेको छ । 

यसअघि क्यानले बिहीबार नेपाल र यूएईबीचको आईसीसी विश्वकप लिग २ को अन्तिम खेलमा टिकटबाट उठेको रकम क्रिकेट खेलाडीको कल्याण कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो । 

बिहीबारको खेलमा यूएईलाई हराए नेपाल विश्वकप छनोटमा सिधै छानिन पाउने छ । यो खेल निकै महत्वपूर्ण भएकाले पनि खेलाडीको मनोबल बढाउन क्यानले यो निर्णय गरेको हो । 

नेपालले एक दिवसीय माध्यतालाई यथावत् राखिसकेको छ । अब यूएईलाई हराए जिम्बावेमा हुने विश्वकप छनोटमा सिधै प्रवेश पाउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ