- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन् । तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएपछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
अदालतले उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ ।
उपहार पाएको सामग्री गैरकानूनी रुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्यायीक टिप्पणी गरेको अभियोग उनीमाथि छ ।
गत साता उनलाई पक्राउ गर्ने प्रयास भएपछि उनका समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जनौं घाइते भएका थिए ।