arrow

लिगलिगे रेस [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
liglige-daud-2079.jpg

गोरखा । लिगलिगकोटमा भएको ‘लिगलिगे साइकल दौड’ को उपाधि नेपाली सेनाका हिमाल टमाटाले जितेका छन् । शनिबार भएको साइकल दौडमा कुल ५३ किलोमिटर दौड दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पार गर्दै टमाटा च्याम्पियन भएका हुन् । 

पुरुष इलाइटतर्फको प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो भएका छन् । दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा उनले निर्धारित दूरी पार गरे । त्यस्तै काठमाडौका कुमार तामाङ तेस्रो भएका छन् । दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गदै उनी तेस्रो बनेका हुन् । 

करिब १०० सहभागी रहेको लिगलिगे साइकल दौड यो वर्ष पनि गोरखाको पालुङ्टारमा आयोजना गरिएको हो । करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यवसायिक साइकल रेस खेलाडीका साथै उत्सुकहरु सहभागी भए ।

लिगलिग कोटबाट शुरु भएको यस साइकल प्रतियोगिता गोरखा र लम्जुङ्का विभिन्न क्षेत्रसम्म पुग्छ । सहभागीले पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ, कोयापानी र रिपगाउँ हुँदै पाथिभरा, भण्डारथोकबाट चेपे खोला तरेर लम्जुङ्को गरमबेशीसम्म पुग्छन् ।

पालुङ्टार हवाइअड्डा हुँदै तालपोखरी, ठाँटीपोखरी, बाह्रपिर्के र बधडाँडा हुँदै फेरी लिगलिगकोट डाँडा पुग्न पर्छ । आयोजकका अनुसार लिगलिग कोटलाई साहसिक खेलको केन्द्रको रुपमा विकास गर्नको लागि २०७७ देखि हरेक वर्ष कार्यक्रम आयोजना गरिएको  हो ।

१६ औं शताब्दीमा घले राजाहरुले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो । त्यस समयमा घले राजाहरुले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गर्दथे । 

द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जित पश्चात नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकीकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ ।

अहिलेसम्म यस क्षेत्रमा हरेक वर्ष दशैंको समयमा दौडको आयोजना गर्ने गरिन्छ । लिगलिगकोट दौड जस्तै साइकल रेस पनि आयोजना गरेर यहाँको भौगोलिक अवस्था र क्षेत्रको पर्यटकीय एवं साहसिक खेलको प्रवर्दन गर्नको लागि आयोजना गरिएको आयोजक टोलीका सदस्य सञ्जिव रानामगरले बताउनु भयो।

शनिबार भएको साइकल दौडमा भने ३ विधामा प्रतिष्पर्धा भएको थियो । मेन्स इलाइट, मेन्स मास्टर र स्थानिय गरेर सहभागिहरुले प्रतिष्पर्धा गरेका थिए ।

मेन्स इलाइट तर्फका विजेताले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार पुरस्कार राशी र मेडल पाउने छन् । चौंथो र पाँचौं  स्थानमा दौड पुरा गर्ने सहभागिले भने १५ हजार र ७ हजार ५ सय पाउने छन् ।

मेन्स मास्टर्स तर्फ प्रथम स्थानमा दौड पूरा गर्नेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् । दौडमा पालुङ्टार, राइनस पालिका र सिराचोक गाउँपालिकाबाट दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार पाउने छन् । 

_MG_7101 (1).jpg
_MG_7134 (1).jpg
_MG_7302 (1).jpg
_MG_7320 (1).jpg
_MG_7347 (1).jpg
_MG_7355.jpg
_MG_7364 (1).jpg
_MG_7432 (1).jpg
20220317204752__MG_9869 (1).jpg
20220317212521__MG_9923 (1).jpg
20220317220228__MG_9995 (1).jpg
20220317222154__MG_0075 (1).jpg
20230317204842_IMG_1482.jpg
20230317231303_IMG_1692 (1).jpg
20230317231304_IMG_1695 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ