arrow

संसदमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड [लाइभ ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
parliament-live.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए ।  प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । हिजो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका थिए । 

अहिले संसद चलिरहेको छ । सांसदहरुले आफ्ना विचार राख्ने क्रम जारी छ । 

प्रचण्ड एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । पहिलो पटक पुस २६ मा प्रचण्ड कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । प्रचण्ड संसद्मा अहिलेसम्मकै सर्वाधिक मत पाउने प्रधानमन्त्री पनि बनेका थिए ।

राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा छन् । 

११ दलले प्रचण्डलाई विश्वासको मत दिने घोषणा गरिसकेका छन् । केही पार्टीले ह्विपसमेत जारी गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेकाले अब यसपालि प्रचण्डलाई विश्वासको मत नदिने लगभग तय छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ