arrow

फेरि यति छिटो विश्वासको मत लिनुपर्ला भनेर सोचेकै थिइन –प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
prachanda-2079-12-06-a.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति छिटै विश्वासको मत लिनुर्ला भनेर आफूले नसोचेको बताएका छन् । 

आज दोस्रो पटक प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै गर्दा उनले शुरुआतमै आफूले यति छिटो विश्वासको मत लिनु पर्ला भनेर नसोचेको बताए । 

उनले पुस २६ गते विश्वासको मत लिएका थिए । दुई महिनामै विश्वासको मत लिनुपर्ला भनेर नसोचेको भनेका उनले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने एमाले र राप्रपाले सरकार असफल भएर वा गलत बाटोमा हिँडेर विश्वासको मत फिर्ता भने नलिएको भन्दै सन्तोष व्यक्त गरे । 

उनले मन्त्रिपरिषदमा पनि कुनै खरावी नभएको भन्दै फेरि विश्वासको मत लिन पर्नु दुःखद भएको बताए । 


 



नयाँ