arrow

'दुई महिनामा सरकारको विश्वासको मत फिर्ता लिने दलले नै यसको उत्तर दिनुपर्छ' - प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
Prachanda-parliament-PM.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत दिन सबै दलसँग आग्रह गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत मागेका हुन् । 

उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत मागेका हुन् । यसअघि पुस २६ गते प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त भएको थियो । 

राष्ट्रपति चयनको प्रस्तावपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थनसँगै विश्वासको मत फिर्ता लिएका थिए । 

२ महिनाभित्र सरकारको विश्वासको मत फिर्ता लिने दलले नै उत्तर दिनुपर्ने उनले भने । प्रचण्डले भने, '२ महिनामा सरकारको विश्वासको मत फिर्ता लिने दलले नै यसको उत्तर दिनुपर्छ ।' 

एमालेसँगको सहकार्य सकिएको तर्फ उनले थपे,' संसदमा पहिलो दिन नै संसद विघटनको विषयले प्रवेश पायो न त्यो असान्दर्भिक थियो । राजनीतिक सङ्कट निम्ताएको त्यो कदम कुनै गर्वको विषय थिएन । त्यसको अप्रिय विषयले गठबन्धनमा अविश्वास मात्र बढाएन संविधान र लोकतन्त्रको र संसद्को स्थायित्व मै प्रश्न खडा गर्‍यो । संसद्को सँगै विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसद विघटनको पृष्ठपोषणले ठूलो नैतिक संवैधानिक चुनौती दियो ।' 



नयाँ