मंगलबार उपत्यकामा सार्वजनिक बिदा, राहदानी विभागले सेवा नरोक्ने
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
831
Shares
तस्बिर – फाइल ।
काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।